एमालेसँग सरकार गठनबारे छलफल भइरहेकाे छ : कृष्णबहादुर महरा

 पुस ९, २०७९ शनिबार ११:३०:३३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सरकार गठनका लागि माओवादी केन्द्र र नेकपा एमालेबीच पनि छलफल भइरहेको बताउनुभएको छ ।  एमालेसँग सरकार गठनका लागि छलफल भए पनि नयाँ सरकार भने गठबन्धनकै बन्ने उहाँको दाबी छ । 

प्रेस सेन्टर बाँकेले शनिवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष महराले राष्ट्रपतिले दिएको समयसीमा आइतवारसम्म सरकार गठनका लागि गठबन्धनभित्रै सहमति जुट्ने विश्वास  व्यक्त गर्नुभयो । प्रधानमन्त्रीका लागि कांग्रेस र माओवादी केन्द्रको दाबीमा अहिलेसम्म सहमति नजुटेको उहाँको भनाइ छ ।

उपाध्यक्ष महराले समाजवादी विचारधारा राख्ने बाम र गैर बाम पार्टीको संयुक्त मोर्चा बनाउन ५/६ वटा राजनीतिक पार्टीसँग सकारात्मक छलफल अघि बढेको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया