बाग्मती प्रदेशमा ज्येष्ठ सदस्य ढुंगानाद्वारा शपथ ग्रहण, अरू सांसदकाे बिहीवार

 पुस १३, २०७९ बुधबार १८:३६:२५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – बाग्मती प्रदेश सभाका ज्येष्ठ सदस्य ७२ वर्षीय रामप्रसाद ढुंगानाले शपथ ग्रहण गर्नुभएकाे छ । बाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माबाट ढुंगानाले शपथ ग्रहण गर्नुभएकाे हाे । 

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८२ को उपधारा (५)  बमोजिम बाग्मती प्रदेशको प्रदेश सभाका ज्येष्ठ सदस्य ढुङ्गानालाई प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ को दफा २४ को उपदफा (१) बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभएकाे हाे । 

७२ वर्षीय ढुंगानाले बाग्मती प्रदेश सभाले सभामुख चयन नगरेसम्माक लागि प्रदेश सभाको अध्यक्षता ग्रहण गर्नुहुने छ । ढुङ्गानाकाे जन्म २००६ असोज २ गते भएकाे थियाे । उहाँ प्रदेश सभामा नुवाकोट क्षेत्र नम्बर २ (क) बाट निर्वाचित हुनुभएकाे छ । 

ढुंगानाले बाँकी सांसदलाई भाेलि बिहीवार शपथ ग्रहण गराएर आउँदाे संसद् अधिवेशनको सुरु गराउनु हुने छ । शपथ ग्रहण कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, प्रदेशका मन्त्री, विभिन्न दलबाट निर्वाचित सांसदलगायतको सहभागिता रहेकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया