बर्दियामा ट्रक र माेटरसाइकल ठाेक्किँदा एक जनाकाे ज्यान गयाे, सडक अवरुद्ध

 पुस १५, २०७९ शुक्रबार १३:२७:१९ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियाकाे ठाकुरबाबा नगरपालिका-५ वनकट्टी नजिक ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाकाे ज्यान गएकाे छ ।

भुरिगाउँबाट धान लिएर जाँदै गरेको भे १ ख ३८३७ नम्बरको ट्रक र  भे ७ प ४६८२ नम्बरको मोटरसाइकल ठोक्किँदा माेटरसाइकल चालक ठाकुरबाबा नगरपालिका-५ शाहिपुरका २६ वर्षीय आशिष थारुको ज्यान गएकाे हाे ।

थारुकाे ज्यान गएपछि उहाँका आफन्तले क्षतिपूर्तिको माग गर्दै पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको भुरीगाउँ बजार र गुलरिया जाने हुलाकी सडक खण्ड अवरुद्ध पारेका छन् । 

ट्रक र चालकलाई नियन्त्रणमा लिइएको बगनाह भुरिगाउँका प्रहरी निरीक्षक पवन पछाईले जानकारी दिनुभयो । पीडित पक्षसँग वार्ता गरी सहमतिमा ल्याउने र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया