दुर्घटनापछि बन्द हुलाकी सडक खण्ड पाँच घण्टापछि सञ्चालनमा

 पुस १५, २०७९ शुक्रबार १९:३६:१३ | भावुक योगी
unn.prixa.net

बर्दिया - पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको भुरीगाउँ बजार र गुलरिया जाने हुलाकी सडक खण्ड पाँच घण्टापछि सञ्चालनमा आएकाे छ । 

बर्दियाकाे ठाकुरबाबा-५ वनकट्टी नजिक माेटरसाइकल र ट्रक ठाेक्किँदा एक जनाकाे ज्यान गएपछि पीडितका आफन्तकाे अवराेध कारण बन्द रहेकाे सडक खण्ड सञ्चालनमा आएकाे हाे । 

भे १ ख ३८३७ नम्बरको ट्रक र  भे ७ प ४६८२ नम्बरको मोटरसाइकल ठोक्किँदा ठाकुरबाबा नगरपालिका-५ शाहिपुरका २६ वर्षीय आशिष थारु ज्यान गएकाे थियाे । 

थारुकाे ज्यान गएपछि उहाँका आफन्तले क्षतिपूर्तिको माग गर्दै हुलाकी सडक खण्ड अवरुद्ध पारेका थिए । पीडित पक्षसँगकाे सहमतिपछि अवरुद्ध सडक खुलाइएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार अहिले दुईतर्फ नै गाडी सञ्चालन भइरहेकाे छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया