विद्यार्थीकाे प्रदर्शनका कारण नेपालगञ्जमा यातायात अस्तव्यस्त

 पुस १८, २०७९ सोमबार १७:३३:१० | गोविन्द शर्मा
unn.prixa.net

बाँके – विद्यार्थीको प्रदर्शनका कारण नेपालगञ्जमा यातायात अस्तव्यस्त भएको छ । ट्रकको ठक्करबाट ज्यान गुमाएका विद्यार्थीका आफन्त र सहपाठीले गरेको प्रदर्शनका कारण आज साेमवार यातायात सेवा अस्तव्यस्त भएको हो । उनीहरूले चर्काे नाराबाजीसहित धम्बोझी, कारकादौँ लगायतका ठाउँमा प्रदर्शन गरिरहेका छन् ।

समस्या समाधानका लागि बस व्यवसायी र पीडितबीच छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्ती मगरले बताउनुभयो । 

अस्ति शनिवार ना ७ ख १७ नम्बरको ट्रकको ठक्करबाट दैलेख स्थायी घर भइ नेपालगञ्जको होप स्कुलमा कक्षा १२ मा अध्ययनरत रत्नबहादुर दर्लामीको ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया