बाग्मती प्रदेश : सरकार गठनका लागि पाँच दिनकाे समयसीमा

 पुस २१, २०७९ बिहिबार १२:९:४८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - बाग्मती प्रदेशलाई सरकार गठनका लागि पाँच दिनकाे समयसीमा दिइएकाे छ । बाग्मती प्रदेश प्रमुख यादव चन्द्र शर्माले पाँच दिनको समय दिएर सरकार गठनका लागि आह्वान गर्नुभएकाे हाे ।

अहिले बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजीनामा दिएर स्वीकृत भएर पनि प्रदेशकाे काम गरिरहनुभएकाे छ ।  यस प्रदेशमा नयाँ सरकार गठनका दाबी पेस गर्न प्रदेश प्रमुख शर्माले दलहरुलाई आह्वान गर्नुभएकाे प्रदेश प्रमुख कार्यालय हेटौँडाका प्रवक्ता प्रकाश चापागाईँले बताउनुभयो । 

प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न पाँच दिनको समय सीमा दिनुभएकाे उहाँले बताउनु भयाे । 

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई बाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न पुस २५ गते सोमवार दिउँसो ४ बजेभित्र दाबी पेस  गर्न प्रदेश प्रमुखबाट आह्वान भएको जारी विज्ञप्तिमा उल्लेख छ । १ सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ  । बाग्मतीमा सातवटा दलको प्रतिनिधित्व रहेको छ ।


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया