अमेरिकी डलर देखाएर ठगी गर्ने ४ जना पक्राउ

 पुस २१, २०७९ बिहिबार १८:५८:३७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिका १७ सालक पार्कमा अमेरिकी डलर देखाएर ठगी गर्ने चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेका व्यक्ति, डलर र मोटरसाइकल आज बिहीवार पत्रकार सम्मेलन गर्दै सार्वजनिकसमेत गरेको छ । हिजाे बुधवार दिउँसो अमेरिकी डलर देखाइ ठगी गर्ने चार जनालाई पक्राउ गरिएको र अर्का  एक जना भने फरार रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयाे । 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ बस्ने २१ वर्षीय सोमबहादुर डुम्जन, ३३ वर्षीय दिवश डुम्जन, ४ नम्बर वडाका २८ वर्षीय शेरबहादुर तामाङ, त्रिपुरा गाउँपालिका ३ बस्ने २८ वर्षीय देवा डुम्जुन रहेका छन् । प्रहरीले विशेष सूचनाकाे आधारमा उनीहरूलाई सालक पार्कबाट पक्राउ गरेकाे थियाे । 

अवैध अमेरिकी डलर देखाइ ठगी गर्ने मानिसहरू भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली खटिएको थियो । प्रहरीले तीन वटा मोटरसाइकल, एक हजार सात सय ४१ अमेरिकी डलर र छ हजार दुई सय १० नेपाली रुपैयाँसहित चार जनालाई पक्राउ गरेकाे हाे । यसैगरी उनीहरूको साथबाट कागजको नक्कली नोट आठ बन्डल, गुलेली तीन थान, मट्याङग्रा (साना ढुङ्गा), मोबाइल पाँच थान र मोटरसाइकलको बिलबुक दुई थान बरामद भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया