कक्षामा सधैँ प्रथम भएको रिसमा आफ्नै साथीको अपहरण !

 पुष २४, २०७९ आइतबार १९:४१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – पर्सामा आफ्नै साथीलाई अपहरण गरेको आरोपमा चार जना बालक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने १६ वर्षका बालकलाई अपहरण गरेको आरोपमा उनकै साथीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नो घरको आँगनमै रहेका १६ वर्षका बालकलाई सँगै पढ्ने अरू चार जनाले कम्बलले छोपी मुखमा कपडा कोचेर केही पर लगी दुवै हातखुट्टा समेत बाँधेको अवस्थामा भेटेर उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

अपहरणमा परेका बालक कक्षामा सधैँ प्रथम हुने गरेकाले उनको निकटतम प्रतिस्पर्धी विद्यार्थीले रिसका कारण अपहरण गरी बन्धक बनाएको पाइएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया