वाग्मतीका मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने, कांग्रेसले के गर्छ ?

 पुस २७, २०७९ बुधबार ११:४२:५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – सहज रुपमा बहुमत पुग्ने भएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिनुहुने भएकाे छ । 

उहाँ गएकाे सोमबार वाग्मती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे हाे । यस प्रदेशमा धेरैजसो दलहरुले मुख्यमन्त्री बनाउनका लागि समर्थन गरेकाले सहज रुपमा विश्वासको मत पनि प्राप्त गर्न सकिने भएपछि माघ ३ गते नै विश्वासको मत लिने तयारी गर्नुभएकाे हाे । 

जम्मकट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएकाे थियाे । उहाँलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्र केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ ।

११० सदस्यीय वाग्मती प्रदेशसभामा ३७ सिट रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी र ३ सिट रहेको नपाल मजदुर किसान पार्टी मात्रै प्रतिपक्षमा छ । मंगलबार माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेको कांग्रेसले वाग्मती प्रदेश सरकारलाई समर्थन गर्न सक्ने सम्भावना देखिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका धेरै सांसद यहाँ पनि भएकाले विश्वासको मत दिनुपर्ने आवाज उठिरहेको छ । तर, कांग्रेसले निर्णय भने गरिसकेको छैन ।

केन्द्रमा प्रधामन्त्रीलाई विश्वासको मत नदिएको नेमकिपाले भने प्रतिपक्षमा बस्ने स्पष्ट पारिसकेको छ । यदि कांग्रेसले पनि विश्वासको मत दिए उहाँको समर्थनमा १०७ मत हुनेछ। मुख्यमन्त्री जम्मकट्टेलले कांग्रेस र नेमकिपासँग पनि विश्वासको मत माग्ने तयारी गरिरहनुभएकाे छ । 

विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तारको तयारीमा मुख्यमन्त्री हुनुहुन्छ । मन्त्रालयको संख्या भने अब घटाएर राज्यमन्त्री नराख्ने तयारीमा जम्मकट्टेल हुनुहुन्छ । माघ ३ गते प्रदेशसभा समक्ष विश्वासको मत लिने बारेमा प्रदेशसभालाई जानकारी गराइसकिएको वाग्मती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया