‍बाग्मती प्रदेश सभा : सभामुखमा कांग्रेसका शिवराज अधिकारीले उम्मेदवारी दिँदै

 पुस २८, २०७९ बिहिबार १०:४५:३८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - बाग्मती प्रदेश सभाकाे सभामुख पदका लागि नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने भएकाे छ । सत्ता गठबन्धनको स्पष्ट बहुमत भए पनि कांग्रेसले सभामुखमा सांसद शिवराज अधिकारीकाे उम्मेदवारी दिने भएकाे हाे ।

धादिङका अधिकारी समानुपातिकका तर्फबाट बाग्मती प्रदेश सभामा निर्वाचित हुनुभएकाे हाे। उहाँलाई सभामुखको उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले जानकारी दिनुभयाे । बाग्मती प्रदेशका मुख्यमन्त्रीलाई ७० जना सांसदहरुले समर्थन गरेका थिए । एक सय १० जना सांसद रहेको यस प्रदेशमा सत्ता गठबन्धनका दलहरुको बहुमत रहेको छ । 

सत्ता साझेदार दलहरुको तर्फबाट भने राप्रपाका भुवन पाठक उम्मेदवार हुनुहुन्छ । बाग्मती प्रदेश सभा सचिवालयले सभामुख चुनावका आज बिहान साढे १० देखि २ बजेसम्मको समयसीमा तोकेको छ ।

मनोनयन दर्ता सकिएपछि दिउँसो साढे दुई बजेदेखि साढे तीन बजेसम्मका लागि मनोनयन फिर्ता र दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयाे।

उहाँका अनुसार, सभामुख चयनका लागि  शुक्रवार भाेलि बिहान ११ बजेका लागि चुनावकाे समय तोकिएको छ । बाग्मती प्रदेश सभामा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादी केन्द्रका २१ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेपाल मजदुर किसान पार्टीका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी १ सय १० जना प्रदेश सभाका सदस्यहरु रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया