बाग्मतीमा सभामुखको चुनाव आज : तीन जना प्रतिस्पर्धामा, पाठकको जित सुनिश्चित

 पुस २९, २०७९ शुक्रबार ९:५:१८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - बाग्मती प्रदेशमा आज सभामुख चयन हुँदैछ ।  बिहान ११ बजे चुनाव गर्ने तयारी छ । सभामुखमा तीन जनाको प्रतिस्पर्धामा सत्तारुढ दलहरुका बीचमा कुनै खटपट नभए सत्तापक्षका भुवन पाठक बाग्मती प्रदेशको सभामुखमा विजयी हुने निश्चित जस्तै छ ।

सत्तापक्षमा स्पष्ट बहुमत रहेकाले पाठक विजयी हुने आकलन गरिएको छ । यस प्रदेशका मुख्यमन्त्रीमा ७० जना सांसदले समर्थन गरेका थिए । ५६ जना सांसदले मतदान गरे स्पष्ट बहुमत हुने भए पनि ७० जना सांसदहरुको समर्थनमा यस प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल मुख्यमन्त्री बन्नुभएकाे हाे । 

बाग्मती प्रदेश सभामा सभामुखमा तीन जनाको उम्मेदवारी दर्ता गरिएको छ । सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेमकिपाले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् ।  सत्ता गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक, नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकिपाकी सांसद सृजना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

सायजुको प्रस्तावकमा नेमकिपाका सुरेन्द्र गोसाईँ र समर्थकमा गीता काफ्ले, अधिकारीको प्रस्तावकमा कांग्रेसकै कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन् । यसैगरी गठबन्धनका पाठकको प्रस्तावकमा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल रहेका छन् ।

बाग्मती प्रदेश सभामा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादी केन्द्रका २१ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेपाल मजदुर किसान पार्टीका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना प्रदेश सभाका सदस्यहरु रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया