सगरमाथा क्षेत्रका ९० प्रतिशतभन्दा बढी होटल बन्द

 माघ २, २०७९ सोमबार ९:२:४४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्रका धेरैजसो होटल बन्द भएका छन् । चिसो बढेसँगे सगरमाथा क्षेत्रको झण्डै ९० प्रतिशतभन्दा धेरै होटल बन्द भएका  सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ।

सिजनमा पर्यटकले खचाखच हुने सगरमाथा क्षेत्रका होटल यतिखेर बन्द छन् भने होटल सञ्चालक पनि जाडो छल्न बसाइँ सर्न थालेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार होटल, पसल बन्द भएसँगै खुम्बु क्षेत्र सुनसान बनेको छ।

पर्यटकीय ‘सिजन’मा भरिभराउ विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थल सुनसान छन् । ‘सिजन’मा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिन समेत धौधौ परेका होटल व्यवसायीहरु यतिखेर घुमफिरमा निस्किएका छन्।

पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका धेरैजसो होटल व्यवसायी चिसो छल्न काठमाण्डौ आएका छन् भने कतिपय भ्रमण तथा तिर्थका लागि लुम्बिनी, पोखरा, भारत लगायत ठाउँमा जाने गरेका  नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो।

‘सिजन’मा व्यस्त हुने निकुञ्ज कार्यलय समेत ‘सिजन’ सकिएसँगै फुर्सदिलो बनेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय, मन्जो चेकपाेष्टले जनाएको छ। नाम्चे क्षेत्रको तापक्रम अहिले माइनस १० डिग्रीभन्दा तल झरेको छ । सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, त्यसैगरी गोक्यो, चोला पास, कालापत्थर, एभरेष्ट बेस क्याम्पलगायतमा अहिले पर्यटकको चहलपहल कम छ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया