एक महिनाको गैँडा मृत अवस्थामा भेटियो

 माघ ८, २०७९ आइतबार १९:५८:१२ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – भरतपुर महानगरपालिका–२६ मा एक महिनाको गैँडा मृत अवस्थामा भेटिएको छ । शनिवार आमासँगै रहेको गैँडापछि मृत अवस्थामा भेटिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली उपभोक्ता समितिअन्तर्गत नारायणी नदीको पूर्वी वन क्षेत्रमा रहेको गर्दहा वन क्षेत्रमा बच्चा गैँडा मृत अवस्थामा  भेटिएको हो । भाले बच्चा आमासँगै रहेको अवस्थामा मृत भेटिएको उहाँले जानकारी दिनुभयो ।

तिवारीका अनुसार  प्राकृतिक कारणले गैँडाको बच्चा मरेको हुन सक्छ । चालु आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा ११ गैँडा मृत अवस्थामा भेटिएका छन् । ती मध्ये आठ कालगतिले मरेका हुन् । दुई चोरी शिकारीले र एउटा गाउँ छिर्ने समयमा विद्युतीय करेन्ट लागेर मेरेको हो ।  

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया