ग्लोबल आईएमईको १८औं वार्षिकोत्सवको अवसरमा विद्यार्थी लक्षित वित्...
पुस १४, २०८१ आइतबार
काठमाण्डौ – दुई जना व्यवसायीको असामयिक निधनपछि पूर्वका आर्थिक क्षेत्रका सङ्घसंस्था मर्माहत भएका छन् । गएको मङ्गलवार काठमाण्डौ नयाँ बानेश्वरमा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले शरीरमा आगो लगाएर आत्मदाह प्रयास गर्नुभएको थियो । उहाँको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा बुधवार बिहान निधन भएको थियो ।
आचार्यको निधन लगत्तै बुधवार नै विराटनगरका विद्युतीय सामग्रीको व्यवसाय गर्ने मोहन न्यौपानेले विराटनगर–३ को आफ्नै घरमा झुण्डिएर आत्महत्या गर्नुभयो । दुवै घटनामा वित्तीय दबाब प्रमुख देखिएको थियो ।
मोरङ व्यापार सङ्घका उपाध्यक्ष विकासकुमार बेगवानीले मुलुकमा आर्थिक सूचकाङ्क सकारात्मक नरहेको अवस्थामा देश अलि बढी संवेदनशील बन्नुपर्ने बताउनु भयो । उहाँले आर्थिक क्षेत्रमा सुधारका ठाउँ प्रशस्तै रहेकाले देशले सुधारका कदम तत्कालै उठाउनुपर्ने बताउनु भयो ।
सङ्घका अध्यक्ष नवीन रिजालले बढ्दो बैंकको ब्याजदर र प्रतिकुल आर्थिक नीतिका कारण व्यवसाय धरासायी बन्दै गएको बताउनु भयो । उहाँले आफूले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर व्यवसायीको माग सम्बोधन गर्न अनुरोध गरेको बताउनुभयो ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले आइपर्ने परिस्थितिबाट भाग्नुको साटो समस्या समाधनतर्फ उन्मुख रहन जरूरी रहेको बताउनु भयो । उहाँले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सङ्घ संस्थाको स्थापना भएको भन्दै समस्या पर्दा उद्योग व्यवसायीले यस्ता सङ्घ संस्थासँग छलफल र परामर्श लिनुपर्ने बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर १ का अध्यक्ष भीम घिमिरेले आर्थिक क्षेत्रलाई चुस्त दुरूस्त बनाउन देशले निजी क्षेत्रको समन्वयमा कार्य गर्नुपर्ने बताउनु भयो । अध्यक्ष घिमिरेले दुई दिनको अन्तरालमा परस्पर दुई दुःखदायी घट्ना घटेको भन्दै व्यवसायीप्रति देशले न्याय गर्नुपर्ने बताउनु भयो ।
उद्योग सङ्गठन मोरङले बिहीवार अपिल जारी गर्दै यस खाले दुःखद् र मार्मिक घटनाले भित्री अन्तरवस्तु र पीडालाई उजागर गरेकाले आगामी दिनमा दोहोरिन नदिन नियमनकारी निकायले उद्योगी व्यवसायीहरुको उचित गुनासो, पिरमार्का, समस्यालाई गम्भीरतापूर्वक सुनेर समयमा नै सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।