गौरीशङ्कर संरक्षण क्षेत्रमा तीन दिनदेखि डढेलो

 माघ १७, २०७९ मंगलबार १९:४७:३८ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देलको गौरीशङ्कर संरक्षण क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो अझै निभेको छैन । 

गएको आइतवार दिउँसो गुम्देलको चामरु जङ्गलबाट लागेको डढेलो बढ्दै गएको छ । भिरालो जमिन र घना जङ्गल भएकाले आगो निभाउन समस्या भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयाे, ‘स्थानीयको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी परिचालन गर्दा पनि डढेलाे निभाउन सकिएको छैन । अहिले आगो लागेको ठाउँमा जङ्गलमात्रै रहेको छ । अहिलेसम्म आगोले बस्ती भेटेको छैन् । बस्तीसम्म आगो नपुगोस् भन्ने हिसाबले सबै उपाय अपनाउने काम भइरहेको छ ।’

वनमा लागेको डढेलाे निभाउन नसके गुम्देलको सानो वाल्दिङ, चामरु र ज्यादे कुडारसम्म आगाे पुग्ने अवस्था छ । गौरीशङ्कर संरक्षण क्षेत्रको जङ्गलमा दुर्लभ मानिएको रेड पान्डा लगायतका जीवजन्तुहरू रहेका उमाकुण्ड २ का रोकट बस्नेत बताउनुहुन्छ ।    

डढेलाे फैलँदै गएपछि उमाकुण्ड १ गुम्देल वडा कार्यालयले सार्वजनिक सूचना जारी गरी आफ्नो सुरक्षा आफैँ गर्न स्थानीयलाई आग्रह गरेको छ । जङ्गलबाट आगो बस्ती नजिक पुगेकाले सर्तक हुन स्थानीयलाई खबर गरिएको वडाध्यक्ष ङावा तिण्डु शेर्पाले बताउनुभयाे । 

आगलागी भएको क्षेत्र नजिकै ३२ घर परिवारको बस्ती रहेको छ । आगो बढ्दै गएमा ती सबै घर परिवार जोखिममा पर्नेछन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया