ए डिभिजन लिग : नेपाल पुलिस क्लबको विजयी सुरुवात

 असोज २५, २०७५ बिहिबार १७:३२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगको नयाँ सिजन जितका साथ सुरु गरेको छ ।

डिफेन्डर अजित भण्डारीको पहिलो हाफको गोल निर्णायक बन्दा पुलिसले जावलाखेल युथ क्लबसँग तीन अंक खाेस्न सफल भयो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको खेलको ३१औं मिनेटमा पुलिसले अग्रता लिएको थियो । तेज तामाङको पासको सदुपयोग गर्दै अजितले गोल गरेका थिए ।

जितसँगै पुलिसले लिगमा पहिलो तीन अंक जोडेको छ । लिगमा भोलि हिमालयन शेर्पा क्लब र एपीएफ तथा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ ।
हिमालयन शेर्पा र एपीएफबीचको खेल बिहान एघार बजे हुनेछ भने दोस्रो खेल तीन बजे सुरु हुनेछ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया