ग्लोबल आईएमईको १८औं वार्षिकोत्सवको अवसरमा विद्यार्थी लक्षित वित्...
पुस १४, २०८१ आइतबार
कास्की - पोखराका पर्यटन व्यवसायीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय केन्द्रित अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरुले मन्त्रीसमक्ष यस्ताे आग्रह गरेका हुन् ।
व्यवसायीहरुले मन्त्री किराँतीसँग अन्तर्राष्ट्रिय उडानका लागि सङ्घीय सरकारकाे पहल, उडान सुरु हुन नसक्नुकाे कारण लगायतका विषयमा प्रश्न गरेका हुन् । गएकाे १ जनवरीमा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म पनि अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन ।
मन्त्री किराँतीले पोखराको सुन्दरताको वर्णन गर्दै अन्तर्राष्ट्रिय उडानका लागि आफूले पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले पोखरा उत्कृष्ट गन्तव्य र पर्यटनको विश्वविद्यालय नै भएकाले यसको विकासमा आफूले निकै चासो दिएको बताउँदै अन्तर्राष्ट्रिय उडानका विषयमा आफूले प्रक्रिया बुझेर कार्य अघि बढाउने जानकारी दिनुभयो । मन्त्री किराँतीले पर्यटन व्यवसायीका जिज्ञासा समाधान गर्न आफू सकारात्मक भएको जनाउँदै जिम्मेवारी र कर्तव्य बुझ्ने नेतृत्वको अभावमा यस्ता समस्या बग्रेल्ती देखिएकाले सुधारको आवश्यकता रहेको बताउनुभयो ।
त्यसैगरी पर्यटन व्यवसायीले नेपाल पर्यटन बोर्डको कार्यविधि नबनेकाले पर्यटन प्रवर्द्धनमा विनियोजित रकम खर्च हुन नसकेको विषयमा पनि प्रश्न उठाएका छन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पर्यटन प्रवर्द्धनका लागि लागि बेर्ड सदस्यहरूबाट पूर्वाधार विकासका एजेन्डा प्रस्तुत हुन नसकेको गुनासो गर्नुभयो ।
पर्यटन व्यवसायी गणेश भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्न हतारिएको तर आवश्यक गृहकार्य पूरा नभएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रियले उडान हुन नसक्दा धेरै प्रश्नहरु उठ्न थालेको जनाउँदै सङ्घीय सरकारलाई यथाशक्य पहल गर्न आग्रह गनुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख काशिराम भण्डारीले आफूलाई कार्यविधि नबनी रकम निकासा गर्ने अधिकार नभएकाले प्रवर्द्धनका लागि विनियोजित रकम खर्चगर्न समस्या भएको बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै उत्साहित भए पनि अन्तर्राष्ट्रिय उडान सुरु हुन नसक्दा निराश भएको बताउनुभयो । योसँगै सरकारको स्पष्ट पर्यटन नीति नहुनु र ठूलो लगानी भएको पर्यटन क्षेत्र वित्तीय संस्थाको चर्को ब्याजदर र दबाबले थप समस्या सिर्जना गरेको बताउनुभयो ।
राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले पर्यटन विकासका लागि अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटक लक्षित गतिविधि र गन्तव्यका लागि नयाँनयाँ सोच र विकासको खोजी आवश्यक रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।