राष्ट्रिय गोत्यार सम्मेलन : ‘माैलिक नाचगानकाे ठाउँमा डीजेकाे प्रयाेग बढ्नु चिन्ताकाे विषय’

 फागुन ७, २०७९ आइतबार २०:३८:५ | भावुक योगी
unn.prixa.net

बर्दिया – थारु आयाेगका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद चाैधरीले थारु समुदायको परम्परागत कला, संस्कृति युवा पुस्तालाई हस्तान्तरण गर्न आग्रह गर्नुभएकाे छ । बर्दियाको ठाकुरबाबा नगरपालिका ३ मिर्चैयामा निमनकुसुसुम्ह्या थारु गोत्यार समाजको छैटाैँ राष्ट्रिय गोत्यार सम्मेलन २०७९ मा सम्बोधन गर्दै उहाँले यस्ताे अनुराेध गर्नुभएकाे हाे ।

आफ्नाे कला, संस्कृतिकाे पुरानाे जगमा टेकेर युवा पुस्तालाई सुम्पिँदै व्यावसायिकरूपमा अघि बढ्न सकेमात्र थारु समुदायको कला संस्कृति पुस्तान्तरण हुने पनि आयाेगका अध्यक्ष थारुले बताउनुभयाे । यस्तो किसिमको पारिवारिक जमघटको सम्मेलनले अरू समुदायलाई पनि प्रेरणा मिल्ने उहाँकाे भनाइ छ । 

यस्तै लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण कुष्मा थारुले आफ्नाे सीप, कला, संस्कृति युवा पुस्तालाई हस्तान्तरण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । थारु समुदायको मौलिक नाचगानको ठाउँमा डीजेको प्रयोग बढ्दो भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले यसकाे अन्त्य गर्न आग्रह गर्नुभयो ।

ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले गोत्यार सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभयाे । उहाँले पारिवारिक जमघट गरेर आफन्तले कसरी जीवन चलाइरहेका छन् भन्ने उद्देश्यले सङ्गठित भएर गोत्यार सम्मेलन गर्नु महत्त्वपूर्ण भएकाे बताउनुभयाे ।

थारु कल्याणकारिणी सभाका केन्द्रीय सहसचिव मीनराज चौधरीले थारु समुदायका युवा पुस्ताले आफ्नाे संस्कार, संस्कृति जोगाउन नसकिरहेको अवस्थामा याे सम्मेलनले हराउँदै जान थालेको भाषा, धर्म, संस्कृति जोगाउनमा भूमिका खेल्ने बताउनुभयाे । 

सम्मेलनमा पश्चिम नेपालमा बसोवास र्ने दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट आएका थारु समुदायका युवा युवती मिलेर थारु सांस्कृतिक नाचगान देखाका थिए । 

पश्चिम नेपालमा बसोवास गर्ने गोत्यार अगुवाहरूले २०६८ साल फागुन ७ गतेदेखि सङ्गठित भएर सुरुवात गरेको निमनकुसुम्ह्या थारु जातिकाे पारिवारिक संस्था हो । थारु समुदायकाे पारिवारिक पुस्ताको विवरण, रहनसहन, कला संस्कृति लगायतलाई समेटेर आशाराम थारुले 'छिट्कल निमनकुसुम्या थारुक् बिटोरल इतिहास' शीर्षकमा पुस्तक पनि प्रकाशन गर्नुभएको छ ।

सम्मेलनमा आफ्ना समाजबाट लोक सेवा आयोगमा नाम निकाल्न सफल पाँच जना र उत्कृष्ट व्यवसाय गरिरहेका १३ जनासहित २१ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियाे । 

सम्मेलन निमनकसुसुम्या थारु गोत्यार समाज केन्द्रिय कार्यालय दाङको आयोजना तथा जिल्ला कार्य समिति बर्दियाको व्यवस्थापनमा आयोजना गरिएको कलिराम कुष्मा थारुले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया