गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवामा हेटौँडा अस्पतालको महत्त्वपूर्ण भूमिका होस् : राष्ट्रपति भण्डारी

 फागुन ९, २०७९ मंगलबार १४:५५:४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालले दिने सेवा सर्वसुलभ र गुणस्तरीय हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।

अस्पतालको तीन तले नवनिर्मित भवनको आज मङ्गलवार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रतिष्ठानले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिनेमा विश्वास व्यक्त गर्नुभयो । आम नागरिकलाई सर्वसुलभ ढङ्गले सेवा दिन यस प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका हुने उहाँकाे भनाइ थियाे ।

जननेता मदन भण्डारीको नामबाट स्थापित यस अस्पतालले स्वास्थ्य सेवामा राम्रो काम गरेको राष्ट्रपति भण्डारीले बताउनुभयो । उहाँले जनस्वास्थ्य कार्यक्रमलाई नागरिककाे घरदैलोसम्म पुर्‍याउन पनि आग्रह गर्नुभयो । स्वस्थ व्यक्तिबाट मात्र उत्कृष्ट समाज निर्माण हुने भन्दै उहाँले गुणस्तरीय सेवालाई आम नागरिकसम्म पुर्‍याउनु राज्यको दायित्व भएको उहाँले बताउनुभयो । 

कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ लगायतले अस्पतालले आफ्नाे सेवालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया