हात्तीको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई बाग्मती सरकारले १/१ लाख रुपैयाँ दिने

 फागुन १६, २०७९ मंगलबार २०:१८:११ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हात्तीको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँका दरले सहयोग गर्ने बाग्मती प्रदेश सरकारले निर्णय गरेको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले हात्तीको आक्रमणबाट ज्यान गुमाएका मनहरी ४ की ६४ वर्षकी राधा अधिकारी, बकैया ५ का सन्तलाल माझी र सिन्धुलीकाे कमलामाई १३ का ४० वर्षका डण्डपाणी पौडेलको परिवारलाई क्षतिपूर्तिस्वरूप १/१ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो । हात्तीकाे आक्रमणबाट अधिकारीको ८ गते, माझीको ११ गते र पौडेलको १३ गते ज्यान गएकाे थियाे ।

यसैगरी बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशक विमल पोख्रेलले दिएको राजीनामा पनि स्वीकृत गरेको प्रवक्ता थपलियाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया