सप्तरीको लोहजारामा आगलागी, ४० लाख रुपैयाँभन्दा धेरैको क्षति

 फागुन २७, २०७९ शनिबार ६:५२:७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीको लोहजारामा आगलागी भएको छ । तिरहुत गाउँपालिका वडा नम्बर–५ लोहजरामा स्थानीय राम किसुन मैरता यादवको घरमा हिजो बेलुका बिजुलीको तार सर्ट भएर आगलागी भएको हो ।

आगोले यादवसँगै जोडिएका छिमेकी घरहरुमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ४० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान छ । यादवको घरसहित अन्नपात, लत्ताकपडा गरी तेह्र लाख, छिमेकी देवनारायण ठाकुरको घरसहित आठ लाख तथा छिमेकी उपेन्द्र ठाकुर, सत्यनारायण ठाकुर, हरिनारायण ठाकुरको घरमा पनि भएको क्षतिसहित चालिस लाख रुपैयाँभन्दा धेरैको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

स्थानीय बासिन्दा तथा कञ्चनरुप, हनुमाननगर कङ्कालिनी, राजविराज र शम्भुनाथ नगरपालिकाका गरी ४ वटा दमकल र सुरक्षाकर्मीको सहयोगमा आगाे निभाइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया