ओस्कार अवार्ड : ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म

 फागुन २९, २०७९ सोमबार १२:११:२२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ ले ९५ औं संस्करणको ओस्कर अवार्डमा उत्कृष्ट फिल्मको अवार्ड जितेको छ ।

उत्कृष्ट फिल्मसँगै उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिन प्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड जितेको छ ।

उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’बाट मिशेल योले जितेकी छिन् ।

ओस्कारमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्ने मलेसियाकी मिशेल पहिलो एशियाली अभिनेत्री पनि बनेकी छिन् ।

उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’बाट के ह्ये क्वान र जेमी ली कर्टिसले जितेका हुन् ।

यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड डानिएल क्वान र डानिएल साइनर्टले पाए । यस्तै, हलिउड अभिनेता बे्रन्डन फ्रेजरले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।

‘द व्हेल’ फिल्ममा उनको अभिनयलाई लिएर अवार्ड दिइएको विविसीले जनाएको छ । यस्तै, एडवर्ड बर्गरले  निर्देशन गरेका ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड पाएको छ ।

यस फिल्मले उत्कृष्ट सिनेम्याटोग्राफी र बेस्ट ओरिजिनल स्कोरको अवार्ड समेत पाएको छ । प्रोडक्सन डिजाइनको अवार्ड पनि यही फिल्मले पाएको छ ।

एस एस राजामौली निर्देशित तेलुगु फिल्म ‘आरआरआर’को गीत ’नाटु नाटु’ ले ओरिजिनल सङको उपाधि जितेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया