मौसम सफासँगै गर्मी बढ्यो

 चैत २६, २०७९ आइतबार ६:५७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मौसम सफा हुन थालेसँगै तापक्रम बढ्न थालेको छ । तापक्रम बढ्दा गर्मी बढेको छ । लगातारजसो पानी पर्दा चैत महिनाको मध्यममा पनि चिसो भएको थियो । तर, केही दिनयता मौसम खुलेर घाम लाग्न थालेसँगै गर्मी हुन थालेको छ ।

हिजो भैरहवाको अधिकतम तापक्रम ३६ दशमलव ९ डिग्री सेल्सियस पुगेको थियो ।

यस्तै, जनकपुरको ३६ दशमलव ८, सिमराको ३५ दशमलव ४, नेपालगञ्जकाे ३५ दशमलव २, दीपायलको ३३ दशमलव ८, धनगढीको ३३ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

काठमाण्डौको अधिकतम तापक्रम भने हिजो २९ डिग्री सेल्सियस थियो । आज पनि यही हाराहारीमा पुग्ने अनुमान गरिएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज सामान्यतया मौसम सफा नै रहने अनुमान छ।

पहाडी क्षेत्रमा बेलुकीपख आंशिक बदली भएर एक/दुई ठाउँमा हल्का पानी पर्न सक्ने अनुमान गरिएको छ । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया