बाग्मती प्रदेशमा आजै मन्त्रिपरिषद् विस्तार गरेर बेलुकी शपथ खुवाइँदै

 चैत २६, २०७९ आइतबार १८:१९:२१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको छ । दुई जना मन्त्रीलाई आज बेलुकी नै शपथ खुवाउने तयारी भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका बहादुरसिंह लामाको नेतृत्वमा कांग्रेस प्रदेश सरकारमा जाने भएको हो ।

बहादुरसिंह लामा आर्थिक मामिला तथा योजनामन्त्री र काभ्रेका कांग्रेस सांसद तीर्थ लामा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्रीका रूपमा नियुक्त गरेर आजै शपथ ग्रहण गराउन लाग्नुभएको हो । प्रदेश सभामा शपथ ग्रहणको तयारी भइरहेको बताइएको छ ।

अरू बाँकी मन्त्रीको सल्लाह पनि गर्दै गर्ने र आज भने आफूसहित दुई जना सरकारमा जाने कांग्रेस संसदीय दलका नेता लामाले बताउनुभयो । एकीकृत समाजवादीका तर्फबाट पनि आज मन्त्री बनाउने तयारी भए पनि उसको पार्टीबाट मन्त्री बन्नेको नाम अहिले सम्म प्राप्त नभएको उहाँले बताउनुभयो ।

दुई जना मन्त्रीहरूको शपथ ग्रहण आज बेलुकी पाैने ७ बजे गर्ने तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया