गोकर्णेश्वर नगरपालिकाले वृहत् गजल महोत्सव आयोजना गर्दै, प्रथम पुरस्कार ६० हजार रुपैयाँ

 बैशाख ८, २०८० शुक्रबार १३:३६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाले वृहत् गजल महोत्सव आयोजना गर्ने भएको छ । 

गजलको नेपाली साहित्यमा महत्त्व बढाउने तथा गजल विधाका साधकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले नगरपालिकाकाे, शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा वृहत् गजल महोत्सव हुने भएकाे हाे। 

महोत्सव यही वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीमा आयोजना हुनेछ ।

प्रतियोगिताका लागि उपलब्ध रचनाहरु विज्ञ समूहद्वारा मूल्याङ्कन गराइ ४० वटा रचनाहरु वाचन तथा गायनमा छनोट गरिने नगरपालिकाले जनाएकाे छ ।

प्रतियोगितामा सहभागिताका लागि वैशाख १५ गतेसम्ममा आफूले सिर्जना गरेको मौलिक, प्रकाशन तथा प्रशारण र गायन रेकर्ड समेत नगरिएको बढीमा ७ सेरसम्मको कागजको एकातर्फ मात्र स्पष्ट बुझिने गरी लेखिएको वा टाइप गरिएका गजल [email protected] मा एक प्रति फोटो, फोन नं. र अहिले बसोबास रहेको ठेगानासमेत स्पष्ट गरेर पठाउन  भनिएकाे छ । 

इमेल पठाउन असमर्थ गजलकारले नगरपालिकाकाे शिक्षा, युवा तथा खेलकुद शाखामा २०८० साल वैशाख १५ गतेसम्म कार्यालय समयभित्रमा बुझाउन सकिने नगरपालिकाले जनाएकाे छ। 

प्रतियाेगिताकाे प्रथम पुरस्कार ६० हजार रुपैयाँ, दोस्रो पुरस्कार ४० हजार रुपैयाँ र तेस्रो पुरस्कार ३० हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार पाँच जना प्रत्येकलाई २० हजार रुपैयाँको दरले प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया