कतार र मलेसियाका नेपाली दूतावासले दिन थाले पुनः श्रम स्वीकृति सेवा

 बैशाख १९, २०८० मंगलबार १०:२९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतार र मलेसियाका नेपाली दूतावासले ती देशमा काम गरिरहेका नेपाली श्रमिकलाइ पुनः श्रम स्वीकृति सेवा प्रदान गर्न थालेका छन् ।

कतारमा रहेको नेपाली दूतावासले यही वैशाख १२ गतेदेखि पुनः श्रम स्वीकृति सेवा सुरु गरेको हो भने मलेसियामा रहेको नेपाली दूतावासले १५ गतेदेखि पुनः श्रम स्वीकृति प्रदान गर्न थालेको हाे । दूतावासहरूले पनि श्रम स्वीकृति सेवा अनलाइनबाटै दिने छन् ।

हुन त पछिल्लो समय सबै खाले श्रम स्वीकृति अनलाइनबाटै लिन सकिन्छ । अनलाइनबाटै सबै प्रक्रिया हुने भए पनि श्रम स्वीकृति प्रदान गर्ने निकायमा भने दूतावास छान्न सकिन्छ । दूतावासबाट श्रम स्वीकृति लिनका लागि आवेदन दिन सबैभन्दा पहिला वैदेशिक रोजगार विभागकै वेबसाइटबाट दिन पर्छ । 

अनलाइनबाट आवेदन दिनका लागि feims.dofe.gov.np मा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र लेखिएको ठाउँमा क्लिक गर्न पर्छ । त्यसपछि लगअनमा क्लिक गर्नुपर्छ ।

फेमिस सिस्टममा पहिले नै आबद्ध भएर पासवर्ड बिर्सिएको भएमा नयाँ पासवर्डका लागि दूतावासमा सम्पर्क गर्नुपर्छ । अनलाइनबाट सबै प्रक्रिया अघि बढाएर अन्तिममा गएपछि श्रम स्वीकृति दिने ठाउँमा भने मलेसियाबाट हो भने मलेसियामा रहेको नेपाली दूतावास र कतारबाट हो भने दोहा कतार भनेर छनौट गर्न पर्छ ।

श्रम स्वीकृति लिनका लागि कल्याणकारी कोषमा, जीवन बिमा र सामाजिक सुरक्षा कोषमा रकम बुझाउन पर्ने हुन्छ  । कनेक्ट आइपिएस, ई सेवा र खल्ती लगायत एपबाट यस्तो रकम तिर्न सकिन्छ ।

श्रम स्वीकृतिको आवेदन दिँदा नै सामाजिक सुरक्षा नम्बर पनि पाइने व्यवस्था छ । श्रम स्वीकृतिको आवेदन दिँदा सामाजिक सुरक्षा नम्बर उपलब्ध भएन भने सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत कोषमा आबद्ध हुन सकिन्छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया