पाँचथर : घरमा आगाे लाग्दा १ जनाकाे ज्यान गयाे

 बैशाख २८, २०८० बिहिबार १९:१५:९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरमा घरमा आगाे लाग्दा एक जनाकाे ज्यान गएकाे छ । घरमा आगाे लाग्दा फाल्गुनन्द गाउँपालिका–१ का ३२ वर्षीय मनकुमार नेम्वाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले जानकारी दिनुभयो ।

अपाङ्गताका कारण हातखुट्टा चल्न नसक्ने अवस्थाका नेम्वाङकाे घरमा आगो सल्केपछि भाग्न नसक्दा जलेर ज्यान गएको हो । आगाे लाग्दा उहाँ घरमा एक्लै रहेकाे प्रहरीले जनाएकाे छ ।

आज बिहीवार दिँउसो स्थानीय लाक्सेबुङ जङ्गलबाट सल्केको आगोको झिल्कोले नेम्वाङको घर जलेको थियो । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन समय लाग्ने डीएसपी खतिवडाले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Himkumar Rijal

    May 14, 2023, 8:59 a.m.

    अती दु:खद घटना!😭

  •  0 Reply

तपाईको प्रतिक्रिया