पाल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो

 जेठ २२, २०८० सोमबार ७:५४:५६ | देव पचभैया
unn.prixa.net

प्रतीकात्मक तस्बिर

पाल्पा - पाल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । रैना देविछहरा गाउँपालिका–८ किउरेछेडाँमा हिजो बेलुका भएको दुर्घटनामा गम्भीर घाइते भएका एक बालकको उपचारका क्रममा ज्यान गएसँगै ज्यान जानेको सङ्ख्या चार पुगेको हो ।

ज्यान गुमाउनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेना बस्ने जीप चालक २६ वर्षीय रमेश विक, पाणिनी– १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम र दुई वर्षीय बालक संयोग गौतम रहेका छन् । 

घाइते ११ जनाकाे उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

घाइते पाँच जनाको बुटवलमा रहेकाे लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनाका लागि छुटेकाे लु १ च ९०२४ नम्बरको जीप हिजाे बेलुका दुर्घटना भएकाे हाे ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रनाउ थापाले बताउनुभयो। 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया