किशोरकिशोरी तथा युवायुवतीमा नजिकका साथीबाट अनलाइन हिंसा बढ्दो
पुस १२, २०८१ शुक्रबार
जुम्ला - जुम्लाका किसानलाई अहिले मार्सी धान रोप्न भ्याइनभ्याइ छ । उनीहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुने गरेका छन् । जेठको पहिलो हप्तादेखि असारको दोस्रो हप्तासम्म जिल्लाभर धान रोपाइँ हुने गर्छ ।
पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन् । जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि मार्सी धान खेती बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताउनुभयो । जिल्लाका सात गाउँपालिका, एक नगरपालिकाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्रयाङकोट र विश्वकै उच्च ठाउँमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र रातो मार्सी धानको रोपाइँ धमाधम भइरहेको छ ।
जिल्लामा २ हजार ८ सय ५० हेक्टरमा धानखेती हुने गरेको छ । त्यसमध्ये १ हजार २ सय हेक्टरमा मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख अधिकारीको भनाइ छ । गएकाे वर्षको असोज महिनाको बाढीपहिराेले सिञ्जा गाउँपालिकाका ४२ वटा कुलोमा क्षति गरेको थियो ।
गाउँपालिकाको लगानी र स्थानीयवासीको श्रमदानमा २८ वटा कुलो पुनःनिर्माण भइ सञ्चालनमा आएपछि सिञ्जाका प्रायजसाे क्षेत्रमा धान रोपाइँ सुरु भएको सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिनुभयो ।
समुद्री सतहदेखि २ हजार ८ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउँलोमा उत्पादन हुने मार्सीधान खेतीलाई संरक्षण गर्नका लागि प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने गाउँपालिका अध्यक्ष पुन्नसिंह बोहोराले बताउनुभयो । 'पालिकाको आफ्नो बजेटमा मार्सी रोपाइँ हुने जिउलोमा घेरबार गरेका छौँ । बजेटको अभावले अझै हुन सकेको छैन', उहाँले भन्नुभयो ।
मार्सी धान संरक्षण गर्नका लागि गाउँपालिकाको आउने वर्षको नीति तथा कार्यक्रमबाट बजेटको थप व्यवस्थापन गरिने गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जनाकारी दिनुभयो । सङ्घीय सरकारले आउँदाे आव २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटमा जुम्ली मार्सी धानको ब्रान्डिङ गरिने समावेश गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।