असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – भारतलाई हराउँदै अस्ट्रेलियाले दाेस्राे संस्करणकाे विश्व टेस्ट च्याम्पियनशिपकाे उपाधि जितेकाे छ ।
बेलायतकाे ओभलमा भएकाे फाइनलमा भारतलाई २ सय ९ रनले हराउँदै अस्ट्रेलियाले उपाधि जितेकाे हाे । फाइनल जित्न चार सय ४४ रनकाे विशाल लक्ष्य पछ्याएकाे भारत २ सय ३४ रनमा अलआउट भयाे । भारतका विराट काेहलीले ४९, अजिन्क्या रहाणेले ४६ र राेहित शर्माले ४३ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका नाथन लायनले ४, स्कट बाेल्यान्ड ३ र मिचेल स्टार्कले २ विकेट लिए ।
यसअघि अस्ट्रेलियाले दुई सय ७० रनमा आठ विकेट गुमाएको अवस्थामा दोस्रो पारी समाप्तिको घोषणा गरेको थियो । पहिलो पारीमा अस्ट्रेलियाले चार सय ६९ र भारतले दुई सय ९६ रन बनाएको थियो ।
याे हारसँगै भारत फेरि उपविजेता भएकाे छ । यसअघि सन् २०२१ मा भएको पहिलाे संस्करणकाे फाइनलमा भारत न्युजिल्यान्डसँग पराजित भएको थियो ।
भारतले पछिल्लो १० वर्षदेखि आईसीसीका कुनै पनि प्रतियोगिताको उपाधि जितेको छैन । भारतले २०१३ मा इङ्ल्यान्डलाई हराएर आईसीसी च्याम्पियन्स ट्रफी जितेयता आईसीसीका प्रतियोगिताको उपाधि जितेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।