असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – सर्बियाका नाेभाक जाेकाेभिचले २३ औँ पटक ग्रान्ड स्लाम जित्दै कीर्तिमान बनाएका छन् । तेस्राे पटक फ्रेन्च ओपन जितेका जाेकाेभिचले आफ्नाे २३ औँ ग्रान्ड स्लाम जितेका हुन् ।
यसअघि जाेकाेभिच स्पेनका राफल नाडालसँग बराबरीमा थिए । नाडालले २२ औँ पटक ग्रान्ड स्लाम जितेका छन् । हिजाे आइतवार भएकाे फाइनलमा जाेकाेभिचले नर्वेका क्यास्पर रुडलाई ७–६ (७–१) ६–३, ७–५ को सेटमा हराए । याेसँगै उनी सर्वाधिक ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडी बनेका छन् ।
जाेकाेभिचकाे कीर्तिमानी जितपछि राफल नाडालले बधाई दिएका छन् । ‘२३ यस्ताे सङ्ख्या हाे जुन केही वर्ष अघिसम्म साेच्न पनि असम्भव लागिरहेकाे थियाे तर तिमिले गरेर देखायाै’, नाडालले भने ।
— Rafa Nadal (@RafaelNadal) June 11, 2023
जाेकाेभिचले २३ औँ ग्रान्ड स्लाम जित्ने क्रममा अस्ट्रेलियन ओपन १०, विम्बल्डन सात, यूएस ओपन तीन र फ्रेन्च ओपन तीन पटक जितेका छन् । उनी कम्तिमा तीन पटक सबै चार प्रमुख उपाधि जित्ने पहिलो खेलाडी पनि बनेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।