पाल्पाकाे रामपुरमा कुकुरकाे स्थायी बन्ध्याकरण साथै रेबिज भ्याक्सिन दिइँदै

 जेठ ३१, २०८० बुधबार ११:६:५३ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पाको रामपुरमा छाडा तथा सामुदायिक कुकुरबाट सर्न सक्ने प्राणघातक रेबिज रोग नियन्त्रण गर्न र कुकुरको बढ्दो संख्या घटाउन स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिन शिविर चलिरहेकाे छ ।

रामपुर नगरपालिका–४, देविस्थानमा रहेकाे कालिका माध्यमिक विद्यालयमा हिजाे मंगलबारदेखि सुरु भएको शिविर आज दिनभरसम्म चल्नेछ । समुदायमा रहेका कुकुरबाट पशु चौपायासँगै मानिसमा रेबिज रोगको जोखिम बढ्न थालेपछि रामपुर नगरपालिकाको आर्थिक सहयोग र वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा नामक संस्थाको आयोजनामा सामुदायिक कुकुरहरुमा स्थायी बन्ध्याकरण  तथा रेबिज भ्याक्सिनेसन कार्यक्रम सञ्चालन गरेको हो । शिविरमा मंगलबार ४० भन्दा धेरै कुकुरको बन्ध्याकरण गरिएको छ । 

पशुचिकित्सक डाक्टर अविनाश क्षेत्रीले विश्वमा सन २०३० भित्र रेबिज मुक्त गर्न विश्वभर कार्यक्रम सञ्चालन भैरहेको भन्दै नेपालमा पनि प्रयास हुँदै आएको बताउनुभयो । कुकुरबाट रेबिज रोगसँगै गुप्ताङ्गको क्यान्सर समेत हुन सक्ने भएकाले रोकथामको लागि यस्ता शिविर आवश्यक रहेको उहाँको भनाई छ  । रामपुर नगरपालिका पशु शाखा प्रमुख तुलसीराम काफ्लेले कुकुर आतंक नियन्त्रणको विकल्पमा  शिविर सञ्चालन गरिएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया