असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने श्रीलङ्काको लङ्का प्रिमियर लिगमा अनुबन्ध हुन असफल भएका छन् ।
चौथो संस्करणको लङ्का प्रिमियर लिगमा सन्दीपले आफ्नो मूल्य ३० हजार अमेरिकी डलर अर्थात् झण्डै ४० लाख नेपाली रुपैयाँ राखेकोमा कुनै पनि क्लबले उनलाई अनुबन्ध गरेनन् ।
यस संस्करणको एपीएल ३१ जुलाई अर्थात् साउन १५ गतेदेखि सुरु हुँदैछ ।
तर, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी क्यानडामा हुने ग्लोबल टी–२० लिगमा भने अनुबन्ध भएका छन् । गएराति भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवारले र दीपेन्द्रलाई मोन्टेरियल टाइगर्सले अनुबन्ध गरेका हुन् । सुरेमा सन्दीपसँगै एलेक्स हेल्स, लिन्टन कुमार दासलगायत खेलाडी रहेका छन् ।
दीपेन्द्र आबद्ध मोन्टेरियलमा शकिव अल हसन, आन्द्रे रसेललगायत छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।