असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गरेको छ ।
माल्दिभ्सको मालेमा गएराति भएको खेलमा नेपालले आयोजकलाई ७५–६८ अङ्कले हराएको हो । नेपालको यो तेस्रो जित हो ।
पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि पाकिस्तान र बङ्लादेशलाई हराएको थियो । लिग चरणको समाप्तिमा ४ खेलमा ७ अङ्कसहित नेपाल शीर्षस्थानमा छ । समान अङ्कका साथ पाकिस्तान दोस्रो स्थानमा छ भने ६ अङ्कका साथ बङ्लादेश तेस्रो र ६ अङ्क नै रहेको भुटान चौथो स्थानमा रहेकाे छ ।
४ अङ्क जोडेको माल्दिभ्स समूह चरणबाट बाहिरिएको छ । शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।