पुरुष भलिबल : नेपाल दाेस्राे खेलमा पनि पराजित

 असार ४, २०८० सोमबार २०:२९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – सेन्ट्रल एसियन भलिबल एसाेसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाली टाेली लगातार दाेस्राे खेलमा पराजित भएकाे छ । 

आज साेमवार घरेलु टोली किर्गिस्तानसँगकाे खेलमा नेपाल ३–१ को सेटमा पराजित भयाे । पहिलाे सेट किर्गिस्तानले २६–२४ ले जित्दा दाेस्राे सेट नेपालले २५–२१ ले जित्दै खेलमा फर्किने सङ्केत गरेकाे थियाे । तर नेपालले तेस्राे सेट २५–१८ र चौथो सेट २५–१६ ले हार्‍याे । 

नेपाल पहिलाे खेलमा मङ्गाेलियासँग ३–१ ले पराजित भएकाे थियाे । लगातार दोस्रो हारसँगै नेपाल अङ्कविहीन छ । अब नेपालले भाेलि मङ्गलवार इरानसँग, बिहीवार तुर्केमिनिस्तानसँग, शुक्रबार किर्गिस्तानको अर्काे टोली र आइतवार उज्वेकिस्तानसँग खेल्नेछ ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया