असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - किर्गिस्तानमा भइरहेको सेन्ट्रल एसियन भलिबल एसोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपाल इरानसँग पराजित भएको छ ।
स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो । इरानले नेपाललाई २५–१६, २५–२२ र २५–२२ को सेटमा हरायो । नेपाल यसअघि मङ्गोलिया र किर्गिस्तानसँग पराजित भएको थियो । काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।
नेपालले चौथो खेलमा भोलि तुर्किमिनिस्तान र अन्तिम तथा पाँचौँ खेलमा किर्गिस्तानको 'बी' टोलीसँग खेल्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।