असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – साफ च्याम्पियनशिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएकाे छ ।
भारतकाे बेङ्गलोरमा रहेकाे कन्तिराभा रङ्गशालामा आज बुधवार भएकाे खेलमा नेपाल कुवेतसँग ३–१ गाेलले पराजित भयाे । पहिलाे हाफमा २ गाेल खाएकाे नेपालले दाेस्राे हाफमा थप एक गाेल खायाे । कुवेतका लागि कप्तान खालेद हजियाले खेलकाे २३ औँ, शाइबाइबा अल्खाल्दीले ४१ औँ र माेहम्मद अब्दुल्लाहले ६५ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गरे । नेपालका अञ्जन विष्टले ६८ औँ मिनेटमा सान्त्वना गाेल फर्काए ।
साविक उपविजेता नेपालले अब आउँदाे शनिवार असार ९ गते घरेलु टाेली भारतसँग खेल्नेछ । समूह 'ए' मा नेपालसँगै भारत, पाकिस्तान र कुवेत छन् । समूह 'बी' मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।
प्रतियाेगिताकाे १४ औँ संस्करणमा लेबनान र कुवेतले आमन्त्रित टाेलीकाे रूपमा खेल्न लागेका हुन् । सार्कमा रहेकाे श्रीलङ्का भने फिफाको प्रतिबन्धका कारण यस पटक प्रतियोगितामा सहभागी हुन पाएकाे छैन ।
दुवै समूहका शीर्ष दुई टाेली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल आउँदाे असार १९ गते हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।