असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनाेटमा वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनकाे विशाल लक्ष्य दिएकाे छ ।
हरारेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनायाे । वेस्ट इन्डिजका शाई हाेप र निकाेलस पुरनले शतक बनाए । हाेप १ सय ३२ र पुरन १ सय १५ रनमा आउट भए । बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।
नेपालले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ । नेपाल र वेस्ट इन्डिजले पहिलो पटक खेलिरहेका हुन् । वेस्ट इन्डिज दुई पटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्व कप च्याम्पियन हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bhim बहादुर
June 22, 2023, 4:48 p.m.मेरो भाई हरु सलाम छ। 2 पटक को बिश्व चिम्पेन् लाई 340 रोखनु भाको मा बधाई छ ।।।