असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा श्रीलंकाले ओमानलाई १० विकेटले हराएको छ ।
जिम्बावेको बुलावायोमा ओमानले दिएको ९९ रनको सामान्य लक्ष्य श्रीलंकाले कुनै पनि विकेट नगुमाइ १५औँ ओभरमा भेट्टायो । उसका लागि दिमुथ करुणारत्नेले ६१ र पथुन निसंकाले ३७ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० ओभर २ बलमा ९८ रनमा अलआउट भयो । उसका आयान खानले ४१, जितेन्दर सिंहले २१ र फायाज बटले १३ रन बनाउनुबाहेक अरु कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् ।
श्रीलंकाका विनिन्दु हसरंगाले पाँच, लाहिरु कुमाराले तीन र कसुन रजिथाले एक विकेट लिए । लगातार दोस्रो जितसँगै श्रीलंका ४ अंकका साथ समूह 'बी' को शीर्ष स्थानमा पुगेको छ । तीन खेलमा ४ अंक भएको ओमान दोस्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।