ग्लोबल आईएमई बैंकको रुफटप सोलार कर्जा योजना
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पुर्याएरमात्रै सिफारिस गर्न वडा कार्यालयलाई परिपत्र गरेको छ ।
नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ गत जेठ १७ मा राजपत्रमा प्रकाशित भइसकेको त्यही ऐन र नियमावली बमोजिम प्रक्रिया पूरा गरेर मात्रै सिफारिस गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हाे । नागरिक अनुसूचीमात्रै भरेर आउने गरेको र आवश्यक कागजात नहुँदा दुःख पाउने अवस्था देखिएको भन्दै कार्यालयले परिपत्र गरेको हो ।
काठमाण्डाैका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले भन्नुभयो, “नागरिकले आवश्यक सम्पूर्ण कागपत्र नल्याउँदा दुःख पाएका छन्, सबै कागजात पूरा गरी वडा सिफारिस भयो भने सजिलो हुन्छ ।”
कार्यालयले जन्मका आधारमा नागरिकता लिएकाहरूका सन्तानलाई वंशजका आधारमा सिफारिस गर्दा बाबु र आमा नेपाली नागरिक भएको र उनकाे बसाेबास नेपालभित्र रहेकाे यकिन गर्न पनि भनेको छ । जसका लागि बाबुआमाको सक्कल नागरिकता, सक्कल जन्मदर्ता, जग्गाधनी प्रमाणपुर्जा (निवेदकको बाबुआमा नाम भएको ) शैक्षिक प्रमाणपत्र, घरधनी दर्ता प्रमाणपूर्जा, बसाइँसराइ दर्ता प्रमाणपत्र (ठेगाना परिवर्तन गर्न चाहेमा) स्थायी बसोबास प्रमाणपत्र, बाबुआमाको विवाह दर्ता र पारिवारिक विवरण, बाबुआमाको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र २०६३ को टोलीले नाबालक दर्ता गरेको भए त्यसकाे निस्सासमेत संलग्न गराउन उल्लेख गरिएको छ ।
परिपत्रमा कार्यालयबाट आवश्यताअनुसार स्थलगत प्रहरी सर्जमिन मुचुल्कासमेत गरिने हुँदा त्याे व्यहाेरालाई पुष्टि गर्ने अन्य कागजात पनि समावेश गर्न परिपत्रमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Shankar Kumar sharma
June 28, 2023, 9:45 a.m.जस्को बुवाको नागरिकता छ र आमा को मिर्तयु दर्ता छ र आमा को नागरिकता छौन तर जन्म नेपालकैहो त के उस्को सन्तानले नागरिकता पाउदैन
सन्तोष कुमार साह
June 27, 2023, 11:18 p.m.जसको बुवा को नागरिकता २०६३साल को जन्मसिद्ध र आमा को बेबाहिक नागरिकता रहेको छ। छोरी को बिवाह भइसकेको र पति को नागरिकता बँशज रहेको मा उहाको छोरी (पत्नी) को नागरिकता बनाउन कुन कुन कागजातहरु पेश गर्नु पर्छ।