सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
पुस १२, २०८१ शुक्रबार
चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज बिहीवार पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकार गठनका विषयमा नेपाली कांग्रेससँग कुनै कुरा नभएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन । तपाईँ (पत्रकार) मार्फत जानकारी पाइरहेका छौँ ।’ पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने विषय आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो ।
अर्को एक प्रश्नमा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको हो ।’ यस विषयमा संसद् र सञ्चारमाध्यममा केही दिन चर्चा भएको भन्दै उहाँले भन्नुभयो, ‘एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि भ्रष्टाचार भएको छ । अलिक दिन त्यसले पनि मार्केट पायो ।’ केही दिनपछि ११ किलो सुन कहाँ गयो भन्ने प्रश्न आएको भन्दै उहाँले प्रतिप्रश्न गर्नुभयो, ‘यो मेरो विषय हो र तपाईँहरूले मलाई सोधेको ?’
असार १५ गते धान दिवस मनाउन यहाँ आउनुभएका ओलीलाई धान दिवस मनाउन चितवन नै किन रोज्नुभएको हो भन्ने पत्रकारको प्रश्नमा भन्नुभयो, ‘राम्रो धान फल्ने जिल्ला भन्ने सुनेको छु, कृषिलाई आधुनिकीकरण गर्नुपर्यो, कृषि विश्वविद्यालय यही छ । विश्वविद्यालयले कृषिको विकासका लागि योगदान गर्नुपर्यो ।’ यहाँको जमिन उर्बर भएको भन्दै उहाँले यसलाई अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।