थप पहिरो नखसे नारायणगढ-मुग्लिन सडक बेलुकीसम्म सञ्चालनमा आउने

 असार १५, २०८० शुक्रबार १५:१:५२ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – बिहीवार दिउँसाेदेखि बन्द भएकाे भएको नारायणगढ–मुग्लिन सडक खण्ड थप पहिरो नखसे आज शुक्रवार बेलुकीसम्ममा सञ्चालनमा आउने भएको छ । सडक खण्डकाे इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीवार दिउँसो १ बजे पहिरो खसेपछि सडक बन्द भएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान साढे ८ बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । बेलाबेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरिएको उहाँको भनाइ छ ।

दुई वटा एक्स्काभेटर र दुई वटा लोडरले पहिरो पन्छाउने काम गरिरहेका छन् । पौडेलका अनुसार थप पहिरो नखसेमा बेलुकी ५ बजेसम्ममा सडक सञ्चालन गर्न सकिने गरी काम भइरहेको छ ।

सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन । ढुङ्गा खस्ने क्रम कम भएसँगै आज बिहानदेखि पहिरो पन्छाउन थालिएको हो । सडक सञ्चालनमा आए पनि गाडीकाे लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

चौबीस घण्टाभन्दा बढी समयदेखि सडक बन्द हुँदा याे सडक हुँदै यात्रा गर्ने धेरै यात्रु बिचल्लीमा परेका छन् । याे सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया