स्कटल्यान्डमाथि नेदरल्यान्ड्सकाे सानदार जित, विश्वकपमा छनाेट

 असार २१, २०८० बिहीबार १९:५७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्कटल्यान्डमाथि सानदार जित निकाल्दै नेदरल्यान्ड्स आईसीसी एकदिवसीय विश्वकपमा छनाेट भएकाे छ । 

आईसीसी विश्वकप छनोटको 'सुपर सिक्स' खेलमा स्कटल्यान्डले दिएकाे २ सय ७८ रनकाे लक्ष्य नेदरल्यान्ड्सले ५ विकेट गुमाएर ४२ ओभर ५ बलमै भेटायाे । विश्वकपमा छनाेट हुनका लागि नेदरल्यान्ड्सले स्कटल्यान्डले दिएकाे २ सय ७८ रनकाे लक्ष्य ४४ ओभरमा पूरा गर्नुपर्ने थियाे ।

नेदरल्यान्ड्सका लागि बास दी लिडेले शतक बनाए । उनी ९२ बलमा १ सय २३ रन बनाएर आउट भए । यस्तै विक्रमजित सिंहले ४० र सकिब जुल्फिकरले नटआउट ३३ रन बनाए । बलिङतर्फ स्कटल्यान्डका माइकल लिस्कले २ विकेट लिए ।

जिम्बावेकाे क्विन्स स्पाेर्ट्स क्लबमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७७ रन बनायाे । स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले शतक बनाए । उनी १ सय १० बलमा १ सय ६ रन बनाएर आउट भए । यस्तै कप्तान रिची बेरिङ्टनले ६४ र टाेमस म्याकइनटाेशले नटआउट ३८ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका बास दी लिडेले ५ विकेट लिए ।

याेसँगै 'सुपर सिक्स' बाट विश्वकपमा पुग्ने दुई वटा टाेलीकाे टुङ्गाे लागेकाे छ । श्रीलङ्का यसअघि नै विश्वकपमा छनाेट भइसकेकाे छ ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया