थाहा नभएको रोग फैलिएको कालीकोटको तिलागुफामा डाक्टरको टोली पुगेर उपचार शुरु

 असार २३, २०८० शनिबार ६:५२:३८ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट – थाहा नभएको रोग फैलिएको कालीकोटको तिलागुफा नगरपालिका–१० को रुडु र रानावाडा गाउँमा डाक्टरको टोली पुगेको छ । तिलागुफा नगर अस्पताल र जिल्ला अस्पताल कालीकोटबाट खटिएको डाक्टरको टोलीले बिरामीको नमूना संकलनसँगै उपचार थालेको छ ।

हिजो ३ सय ११ जना बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ । स्वास्थ्य जाँच शिविर आज पनि चल्नेछ । एक हप्तादेखि फैलिएको रोगबाट १३ वर्षीया कर्मा थापाको ज्यान गएको थियो । गाउँभरि बिरामी छन् । बिरामी हुनेमा महिला र बालबालिका धेरै छन् । बिरामीको स्वास्थ्य जाँच र उपचार भइरहेको तिलागुफा नगर अस्पतालका प्रमुख डा. टङ्कप्रसाद आचार्यले जानकारी दिनुभयो ।

ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने लक्षण रहेको केही नमूना सङ्कलन गरेर प्रयोगशालामा परीक्षणका लागि पठाइएको र त्यसपछि मात्र कुन रोग हो भन्ने यकीन हुने उहाँको भनाइ छ । लक्षण हेर्दा भाइरल मौसमी फ्लू पनि हुन सक्ने उहाँले बताउनुभयो । गाउँमा फैलिएको रोगको यकिन गर्न परीक्षणमा आएकामध्ये ९ जना बिरामीको रगतको नमूना संकलन गरेर सुर्खेत पठाइने स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतले बताउनुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया