वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा भारत एक इनिङ्स र १ सय ४१ रनले विजयी

 असार ३०, २०८० शनिबार ८:४५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा भारत विजयी भएको छ । भारतले घरेलु टोलीलाई एक इनिङ्स र १ सय ४१ रनको अन्तरले हराएको हो । योसँगै दुई टेस्टको श्रृंखलामा भारतले १–० को अग्रता बनाएको छ ।

दोस्रो पारीमा वेस्ट इन्डिज १ सय ३० रनमा अलआउट भएपछि तेस्रो दिन नै पराजित भएको हो । वेस्टइन्डिजका एलिक एथानाजेले २८ र जेसन होल्डरले २० रन बनाए । अरु कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतका रविचन्द्रन आश्विनले सर्वाधिक ७ विकेट लिए । त्यस्तै रविन्द्र जडेजाले २ विकेट लिए । त्यसअघि भारतले पहिलो पारीमा ४ सय २१ रन बनाउदा ५ विकेट गुमाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो ।

भारतका यशस्वी जैसवालले १ सय ७१ रनको शतकीय पारी खेलेका थिए । उनी प्लेयर अफ द म्याच भए । यस्तै राेहित शर्मा १ सय ३ र विराट काेहली ७६ रनामा आउट भए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज १ सय ५० रनमा अलआउट भएको थियो । वेस्टइन्डिजले घरेलु मैदानमा भारतसँग दुई टेस्ट, तीन एकदिवसीय र पाँच टि–२० श्रृंखला खेल्नेछ । दोस्रो टेस्ट जुलाई २० तारिखदेखि शुरु हुनेछ ।
 

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया