राष्ट्रिय भलिबल : एपीएफलाई हराउँदै महिलातर्फकाे उपाधि पुलिस क्लबले जित्यो

 असार ३०, २०८० शनिबार १४:२२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सातौँ प्रधानमन्त्री कप एनभीए भलिबल क्लब लिगको महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कर्भड हल त्रिपुरेश्वरमा भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिसले उपाधिसँगै ६ लाख रुपैयाँ पुरस्कार पाएको छ । दोस्रो भएको एपीएफले तीन लाख रुपैयाँ हात पारेको छ ।

लिग चरणमा पुलिसले सबै खेल जितेर फाइनल पुगेको थियो । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया