भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका केशव तुलाधर ललिता निवास प्रकरणमा पुन: पक्राउ

 साउन १, २०८० सोमबार ७:८:२७ | रासस
unn.prixa.net

काठमाण्डाै - नक्कली भुटानी शरणार्थी प्रकरणमा असार २८ गते पक्राउ परेर हिजाे जिल्ला अदालत काठमाण्डाैको आदेशमा रिहा भएका केशव तुलाधर पुनः पक्राउ परेका छन् ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा काठमाण्डाै असनका तुलाधरको संलग्नता देखिएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधर हिजाे १५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए, ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनको संलग्नता देखिएपछि हामीले पक्राउ गरेका छौँ।'

पक्राउ परेका तुलाधरलाई अहिले जिल्ला प्रहरी परिसर काठमाण्डाैमै राखिएको र साेमवार आज केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आवश्यक अनुसन्धानका लागि बुझाइने प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका भन्दै यही असार २८ गते उनलाई काठमाण्डाै उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाण्डाैकाे सानो भर्याङबाट पक्राउ गरेको थियो ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया