भारतका पूर्व प्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा ...
पुस १२, २०८१ शुक्रबार
मनाङ - हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो । जिल्लाका पशुमा अहिलेसम्म लम्पी स्किनबाट दुई सय ३६ गाई, गोरु र याक सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिनुभयो । उहाँका अनुसार ८९ गाई, ९६ गोरु र ५१ याक, नाक (झोपा) र चाैँरी लम्पी स्किनबाट सङ्क्रमित भएका छन् ।
'लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएकाले नियन्त्रणका लागि भेटेरिनरी अस्पतालले खोपको व्यवस्थापन गरिरहेको छ', प्रमुख कुसुमले भन्नुभयो, 'लम्पी स्किन नियन्त्रण गर्न खोप र अन्य आवश्यक सामग्री भेटेरिनरी अस्पतालले व्यवस्थापन गर्नेछ ।'
भेटेरिनरी अस्पतालले दुई हजार डोज खोप ल्याइसकेको छ । नार्पाभूमि गाउँपालिकामा बाहेक नासोँ गाउँपालिकामा ३६, चामे गाउँपालिकामा ९६ र मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १४ पशुमा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । चामे–२ मा रहेकाे थानचोक, मनाङ ङिस्याङको हुम्देमा रहेकाे क्युपार र नासों–२ को नाचे आलुबारीका पुशमा पनि सङ्क्रमणको जोखिम देखिएको छ ।
'सरकारबाट बजेट व्यवस्थापन गर्न समस्या भएको अवस्थामा पालिकालाई हेर्नुपर्ने भनेका थियौँ, अहिले सरकारबाट खोपको व्यवस्थापन भइसकेको छ', उहाँले भन्नुभयो, 'अब पालिकाले पशुको सहायक उपचारको लागि एन्टिबायोटिक सुई (जिट, मेलोक्सीकाम र रेष्टोवल इम्युनोवुष्टर) लगायत औषधि खरिद गर्न सक्ने छ।'
यी औषधि खरिदका लागि पालिकासँग सहकार्य गरिने प्रमुख कुसुमले उल्लेख गर्दै पशुपालक किसानको गोठमै पुगेर पशु प्राविधिकले लम्पी स्किन रोग नियन्त्रणका लागि खोप लगाउन पुग्ने गरेको जानकारी दिनुभयो ।
रोग नियन्त्रणका लागि पालिकाले पशु प्राविधिकलाई खटाएको छ । पशुमा लम्पी स्किन देखिनासाथ सगोलमा रहेका पशुलाई छुट्याएर राख्न सुझाव दिइएको, पशुलाई टोक्ने लामखुट्टे र झिङ्गाबाट जोगाउन पशुपालक किसानलाई सचेत गराउन लागिएको, बिरामी परेका पशुलाई स्याहारसुसार गर्न र सङ्क्रमण नभएका पशुको नजिक नजान भनिएको र सरसफाइ गरेर मात्र अन्य बस्तुको स्याहार सुसार गर्न सुझाव दिइएको उहाँले बताउनु भयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।