चार वटा प्रदेशका थोरै ठाउँमा हल्का वर्षा : आज ठूलो पानी नपर्ने

 साउन ६, २०८० शनिबार ७:३५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशका चार वटा प्रदेशका थोरै ठाउँमा अहिले हल्का वर्षा भैरहेको छ । गण्डकी, लुम्बिनी,  सुदुरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा अहिले हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभरकै मौसम बदली छ । मनसुनी वायुको आंशिक प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर छ । आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार आज ठूलो पानी पर्ने सम्भावना छैन ।

आज दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति लुम्बिनी प्रदेशको तराई क्षेत्रका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ ।  
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया