निजी क्षेत्रकाे लगानीमा बनेकाे ४० मेगावाटकाे अपर चमेलियाकाे उद्घाटन

 साउन ८, २०८० सोमबार १८:१४:४७ | ललित सामन्त
unn.prixa.net

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिकामा निजी क्षेत्रको लगानीमा निर्माण भएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन भएकाे छ । आयाेजनाकाे सफल परीक्षण भएपछि आज साेमवार उद्घाटन भएको हाे ।

गएको शुक्रवारदेखि परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।

मार्मा गाउँपालिका–१ किमगडामा रहेको बाँधबाट छ किलोमिटर तल वडा नम्बर २ को घट्टेगाडमा रहेको पावर हाउसमा पानी खसालेर परीक्षण शुरु गरिएको थियो ।  उत्पादित बिजुलीलाई शैल्यशिखर नगरपालिका–१ वलाँचमा रहेकाे सबस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

आठ अर्ब ५० करोड रुपैयाँकाे लागतकाे आयोजना ३० महिनामा सम्पन्न भएको आयोजनाका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले बताउनुभयो । यसअघि दार्चुलाको अपि हिमाल गाउँपालिका–५ मकरीगाडमा १० मेगावाटको मकरीगाड जलविद्युत् आयाेजना निर्माण भएको थियो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ललित सामन्त

सामन्त दार्चुलाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • Jagag Singh Bohara

    July 28, 2023, 6:23 p.m.

    Great job thanks all the team ,

  •  0 Reply

तपाईको प्रतिक्रिया